फाइल तस्वीर
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अङ्कले वृद्धि भएको छ । हिजो दोहोरो अङ्कले घटेको सेयर बजार आज एक दशमलव ८२ अङ्कले बढेर २ हजार ७ सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । नेप्सेमा २ सय २७ कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

हिजो पनि नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैंकले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ । आज कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अङ्कको गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ ।

सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी छ। यस कम्पनीको सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६५ रुपैयाँ पुगेको छ । आज गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । आज यी कम्पनीको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ । –न्युज कारखाना