भारत — पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आज बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २ सय ८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४ सय ८१ जना सङ्क्रमित रहेका छन् । यो सङ्ख्या ५ सय ३७ दिन पछिकै सबैभन्दा कम भएको मन्त्रालयको भनाई छ ।

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ सय ३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५ सय ८४ पुगेको छ । सोही अवधिमा १० हजार ९ सय ४९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
दैनिक नयाँ सङ्क्रमितहरुको सङख््या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङख्या कम हुँदै गएको हो ।–एएनआई