साङ्केतीक तस्वीर
पर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् ।

किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन दुव्यहार गर्दै एकान्त ठाउँमा लगी बालयौन दुरुपयोग गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।