काठमाडौं – नागरिक लगानी कोषले कोरोना (कोभिड–१९) महामारीमा ज्यान गुमाएका परिवारको हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको कोषले जनाएको छ ।

कोषले २०७८ साउन ५ सम्म कोभिडबाट ज्यान गुमाएकाको परिवारलाई रकम उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म कोभिडबाट मुत्यु भएकाहरुमा ८४ जना सहभागीका कानुन अनुसारको हकवालालाई कर्मचारी वचतवृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको कोषले जनाएको छ ।