साङ्केतीक तस्वीर
रसुवा – पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको प्रहरीले जानएकोे छ ।

प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौँबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नंको यात्रुबाहक टाटासुमोले ठक्कर दिएको थियो । गोसाइँकुण्ड गापा–६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण घले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिई जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा चार जना सवार रहेका थिए । आमाछोदिङ्मो गापा–५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा नं २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली आस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । –रासस