फाइल तस्वीर
बुटवल – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) को निधन भएको छ । नेता बञ्जाडेको बसको ठक्करबाट निधन भएको हो ।

रूपन्देही इञ्चार्ज बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको बसले मङ्गलबार राति ९ बजे बुटवलको जीतगढीमा ठक्कर दिएको थियो ।

बसले मोटरसाइकललाई ठक्कर दिएर गम्भीर घाइते भएका बञ्जाडेको उपचारका क्रममा आज बिहान निधन भएको माओवादी केन्द्रका नेता निर्मल जिसीले जानकारी दिएका छन् । जनयुद्धदेखि नै माओवादीमा सक्रिय बञ्जाडे अखिल क्रान्तिकारीका महासचिव सचिव समेत भैसकेका थिए । रुपन्देहीका इञ्चार्ज बञ्जाडेको निधनप्रति पार्टीले दुःख व्यक्त गरेको छ ।