साङ्केतिक फाइल तस्वीर

भारत– कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेज पक्राउ परेका छन् । आतङ्कवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा पर्भेजलाई सरकारले गरेको हो ।

पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) का सुरक्षा अधिकारीले उनलाई भारत प्रशासित कश्मीरबाट पक्राउ गरिएको समाचार माध्यमहरुले जनाएका छन् । मानवअधिकारवादी पर्भेजले यसबारे भने कुनै टिप्पणी गरेका छैनन् । अधिकारकर्मी पर्भेजको गिरफ्तारलाई लिएर चौतर्फी विरोध भएको छ । गिरफ्तार गरिएका पर्भेजको सकुशल रिहा गर्न विभिन्न अधिकारवादी समूहले आह्वान गरिरहेका छन् ।

पर्भेज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को प्रखर आलोचक मानिन्छन् । उनले नेतृत्व गरेको नागरिक समाजका लागि जम्मु कश्मीर गठबन्धन समूह (जेकेसीसीएस) ले कश्मीरमा मानवअधिकार उल्लङ्घन र सुरक्षाकर्मीको दमनको विरोध गर्दै आएको छ । समाचार एजेन्सी