साङकेतीक तस्वीर
काठमाडौं —सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको आज बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका–५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

गाईघाटस्थित आफन्तको घर आएर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेको शर्मा बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढोकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ । शर्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।