प्रतीकात्मक तस्वीर
काठमाडौं — सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई हिजो राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।