काठमाडौं – साताको तेस्रो दिन आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको हो ।


यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले घटेसँगै प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ ।