काठमाडौं– मङ्सिर महिना लागेसँगै सुनको भाउ बढ्न थालेको छ । बिवाहको समयमा सुनको मूल्य आकाशिंदा ग्राहकहरु मर्कामा परेको गुनासो गर्दै आएका छन् । आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा प्रतितोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र चाँदी एकहजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँ र चाँदी एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला दुई सय रुपैयाँले बढ्द जाँदा प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।