फाईल तस्वीर
रौतहट– रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् भने त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको त्यहाँका स्थानीयले बताएका छन् ।

माहुरीको टोकाइबाट घाइते भएकामध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । केही उपचार पछि सन्चोभएर घर फर्किएका छन् कोहीको उपचार भैरहेको समाचारमा जनाइएको छ । कटहरिया ५ स्थित एउटा गोठमा युवाहरू तास खेलेर बसिरहेका बेला गोठको पूर्वमा रहेको सिमलको रुखमा रहेको माहुरीको घारमा एउटा चरा ठोक्कएपछि अत्तालिएका माहुरीहरूले युवालाई चिल्न पुगेको थिए । एकै जनालाई सयौँ माहुरीले टोकेकाले केही मानिस अचेत अवस्थामा पुगेको र माहुरीको टोकाइबाट घाइते भएकाहरुलाई गाउँहरुले उपचारको लागि स्वाथ्य केन्द्रमा पुर्याएको स्थानीयले जानकारी गराएका छन् ।