प्रतीकात्मक तस्वीर
दाङ — दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका १९ वर्षीय छोरा रोहन श्रेष्ठ, वडा नम्बर ६ बस्ने ५ वर्षीय धीरज बुढाथोकी र बबई गाउँपालिका–४ घर भएका २० वर्षीय प्रख्यात शाह रहेका छन् । प्रहरीले सुशीला र उनका छोराको साथबाट १९ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान डिजिटल तराजु, २ थान झिलझिले कागज, ४३ हजार २ सय ७५ रुपैयाँ नगद र ६ थान मोबाइल बरामद गरेको छ ।

उनीहरुलाई लागूऔषध ब्राउनसुगर बिक्रीका लागि पुरिया बनाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै बुढाथोकी र शाहको साथबाट ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।