काठमाडौं — गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, सङ्गीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।

भिडियोमा उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । राम केसीले छायाङ्कन, टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको हो । एक दशकदेखि जापानमा बस्दै आएका गायक थकालीले यस अगाडि ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’ गीत सार्वजनिक गर्नुभएको थियो ।