फाईल तस्वीर
जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गर्नुभएको हो ।

एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेता शुत्रधन महतोले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र प्रमोद यादवले कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीको सपथ ग्रहण गरेका छन् ।

एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले आफ्नै पार्टी जसपाका उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको थियो । यसअघि नेपाली काङ्ग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाकै ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । यससँगै प्रदेश २ मा चारदलीय गठबन्धनको सरकार बनेको छ ।