प्रतीकात्मक तस्वीर
काठमाडौं — सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुक मार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् ।
खड्गीले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्वीर तथा भिडियो पठाउन लगाइ दुःख हैरानी दिई सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।