फाइल तस्वीर
बलिउडकी नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बन्नुभएको छ । प्रिति आफैँले सोसल मिडियामार्फत् यसबारेमा जानकारी दिनुभएको हो । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गर्नुभएको छ । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिनुभएको हो ।
प्रितिले आफ्नो पोस्टमा लेख्नुभएको छ, ‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु । म र जीन असाध्यै धेरै खुसी छौँ । हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन् ।
प्रीति जिन्टाले आफ्नो पोस्टमा अझ थप्नुभएको छ, ‘हामी आफ्नो जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित छौँ । हाम्रो यो अभूतपूर्व यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स र हाम्रो सरोगेटलाई मनैदेखि धन्यवाद प्रदान गर्न चाहन्छौँ ।
उहाँको यो पोस्टमार्फत् उहाँ सरोगेसीमार्फत् आमा बन्नु भएको हो भन्ने कुरा स्पष्ट हुन्छ । प्रीतिले आफ्नो नयाँ जीवनलाई खुसी खुसी स्वागत गर्नुभएको छ । प्रीतिको यो पोस्टमा बधाई दिनेहरुको ओहिरो लागेको छ । —एजेन्सी