प्रतीकात्मक तस्वीर
काठमाडौं — सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकिङ गर्ने क्रममा प्रदेश १–०४ –००१ त ०६६६ नम्बरको ट्याक्टरमा सो गाँजा बरामद गरेको थियो ।

चेकजाँच गर्नेे क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइकलले स्कटिङ गर्ने देवानगञ्ज गाउँपालिका–५ का २५ बर्षीय सन्तोषकुमार मेहेतालाई पक्राउ गरेको छ । प्रहरीले फरार भएका चालकको खोजतलास भइरहेको जनाएको छ । बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।