काठमाडौं —आज सुनको भाउ थप २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ सय रुपैयाँले वृद्धि हुँदै ९४ हजार ५ सय रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा आज तोलामा २ सय रुपैयाँले नै वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेकोे छ । यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै आज पनि एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।