प्रतीकात्मक तस्वीर
गौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले आत्महत्या गरेको रौतहटका सिडिओ कृष्ण बहादुर शाहीले जानकारी दिनुभएको छ ।

कारागारम भित्र झुण्डिएको अवस्थामा फेला परेका उनलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लगिएकामा डाक्टरले आज दिउँसो २ बजे मृत घोषणा गरेको रौतहटका सिडिओ कृष्ण बहादुर शाहीले जानकारी दिनुभएको छ ।
उनीमाथि जिल्ला अदालत रौतहटले २१ बर्षको जेल सजाय तोकेको थियो । उनी २०७६ वैशाख ४ गतेदेखि कैदमा रहेका थिए । घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिनुभयो ।