फाइल तस्वीर ।
विराटनगर– प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट आज विश्वासको मत लिंदै हुनुहुन्छ । केहीबेर अघिमात्रै सुरु भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लाग्नु भएको हो ।


यता प्रमुख प्रतिपक्षी दलले मुख्यमन्त्री राई विश्वासको मत नदिने निर्णय गरेको छ । बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।


मुख्यमन्त्री राईलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जसपाले समर्थन गरेका छन् । मुख्यमन्त्री राईले विश्वासको मत पाउने पक्का छ । उनको पक्षमा गठबन्धन दलहरुको ५० मत रहेको छ ।