फाइल तस्वीर ।

काठमाडौं – सरकारले ग्लोबल टेन्डरबाट छापिँदै आएको स्टीकर अन्तशुल्कको स्टीकर अबदेखि आफैंले छाप्ने भएको छ । ग्लोबल टेन्डरबाट छापिँदै आएको उक्त स्टीकर अर्थमन्त्री जनार्दन शर्माले सरकार आफैंले छाप्ने बताउनु भएको छ ।

दशौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले टेन्डर आह्वान गरेर छाप्दा पनि विवाद बन्ने गरेको भन्दै सरकारले नै छाप्ने तयारी गरेको बनाउनुभएको हो । राज्यलाई कर तिर्नु कर्तव्य हो भन्दै नागरिकले कर तिर्दा गर्व गर्नुपर्ने बताउनु भएको छ ।

अर्थमन्त्री शर्माले करदाताको समस्या सुन्न र तत्काल समाधान गर्न विभागमा एकाई स्थापना गर्न निर्देशन दिनुभएको छ । कर सम्बन्धी मुद्दा राजश्व अनुसन्धान विभागले कति फरफारक गर्याे भन्ने कुराको तत्काल जानकारी दिन पनि निर्देशन दिनुभएको छ ।
मन्त्री शर्माले भन्सार विन्दुमा सामान आयात निर्यात गर्न सहजताको लागि ‘स्क्यान भेइकल’ राख्ने बताउँदै राजश्व वा कर छलि गर्ने व्यक्ति संस्थाको सूचना दिनेलाई पुरस्कार दिने नीति कार्यान्वयनमा लैजाने भन्दै व्यक्तिगत आयकरको ‘स्ल्याब’ बढाउने बताउनु भएको छ ।

एक प्रसंगमा उनले राजश्व संकलन गर्ने काम अर्थ मन्त्रालयको भएकाले अनुमानअनुसार राजश्व सङ्कलन भएको र पँुजीगत खर्च गर्ने निकाय अरु भएकाले तोकिएअनुसार पूँजीगत खर्च हुन नसकेको प्रति टिप्पणी गर्नुभयो ।

अर्थमन्त्री शर्माले देश बिजुली उत्पादनमा आत्मनिर्भर हुन थालेको भन्दै अब विद्युतीय चुलोमा निर्भर हुनुपर्ने बेला आएको बताउने भएको छ । आन्तरिक स्रोत परिचालनमा असफल भइएको भन्दै मन्त्री शर्माले स्वदेशमा उत्पादित बिजुली खेर जानु र ग्यास आयात भइरहनु उचित नभएको भन्दै ‘अब सबै जना विद्युतीय चुलोमा निर्भर हुनुपर्ने बेला आएको दावी गर्नु भयो । स्वदेशी उत्पादनको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
सोही अवसरमा बोल्दै अर्थमन्त्री शर्माले विद्युतीय चुलोमा निर्भर बन्ने काम पर्यटन व्यवसायीहरूबाट सुरु आग्रह गर्दै आन्तरिक स्रोतको उपयोग बढाउन सरकारले बाध्यकारी बनाउन सक्ने सङ्केत गर्नुभएको छ ।