काठमाडौं– नेपाली स्थानीय बजारमा उतार चढाव झेल्दै आएको पहेंलो धानु सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला मूल्य ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी सेतो धातु चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।