काठमाडौं — कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक २६.४४ अङ्कले बढेर २७१५.३५ बिन्दुमा पुगेर बजार बन्द भएको छ । सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.१० अङ्कले बढेर ५०६.५४ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २२८ वटा कम्पनीको ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ लाख ३६ हजार भन्दा बढि कित्ता शेयर खरिद बिक्री भएको छ ।

बजार बढेसँगै आज १३ वटै समूहको सूचक पनि बढेको छ । जसमध्ये सबैभन्दा बढि डेभलपमेन्ट बैंक समूहको २.६४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम बैंकिङ समूहको ०.०५ प्रतिशतले बढेको छ । आज १ सय ६२ वटा कम्पनीले सर्वाधिक कमाउँदा बोटलर्स नेपाल र मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १३००७ रुपैयाँ कायम भएको छ भने मानुषी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार १ सय २३ रुपैयाँ कायम भएको छ ।

सोमबार सर्वाधिक सेयर खरिदबिक्री भने महालक्ष्मि बिकार बैंकको भएको छ । उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ५० रुपैयाँ पुगेको छ । यस कम्पनीको ३५ करोड ४६ लाख भन्दा बढि कित्ता सेयर खरिदबिक्री भएको छ ।