प्रतीकात्मक तस्वीर
काठमाडौं — मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । मोरङको बूढीङ्गा गाउँपालिका ६ कोयलपुरमा हिजो राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।

बढीगङगा ६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन दाहाल हिजो राती साथिको घर गएका थिए । नानु र रिजन साथी हुन् । जन्मदिनको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगङगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग दाहालको सामान्य विवाद भएको थियो ।

सोहीक्रममा विवाद बढदै गएपछि उनीहरुले रिजनलाई बुढीगङ्गा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेको प्रहरीले जनाएको छ उनीमाथि धनबहादुरसहित सात जनाको समूहले टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

दाहालको शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले दुई युवालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । प्रहरीले बढीगङ्गा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरी कार्यालयमा ल्याएर घटनाबारेमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।