साङ्केतिक तस्वीर ।
काठमाडौं — ओखलढुङ्गाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुङगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना भएको हो ।


ओखलढुङगा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गोविन्द काफ्लेका अनुसार उक्त जिप दुर्घटनामा परी मृत्यु हुनेमा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएकाछ । आज हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्ने भएकाले त्यहाँ मेला भर्न जान लागेको उनीहरु चडेको जिप दुर्घटनामा परेको हो । जिल्लाका अधिकाङ्श ठाउँबाट ककनीमा मानिसहरू जाने गर्दछन् ।