प्रतीकात्मक तस्वीर
काठमाडौं– मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आज हिम पहिरो गएको छ । बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभएको हो ।

हिमपहिरो आएपछि भाग्ने क्रममा कोबाङमा रहेको जनहित माविका तीन विद्यार्थी सामान्य घाइते भएको रामचन्द्र ढकालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालको अनुसार प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको छ र याङदान खर्कमा पनि चौरी गोठ भएका कारण त्यसमा क्षति भएको आशङ्का गरिएको छ तर यकिन भएको छैन ।