नयाँदिल्ली – भारतले छिट्टै कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने भएको छ । कोरोना भाइरसको मध्यमदेखि गम्भीर सङ्क्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ ९खाने औषधि० लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन सक्ने कोभिड स्ट्राटजीका निर्देशक डाक्टर राम विश्वकर्माले बताएका छन् ।

निर्देशक डा। विश्वकर्माका अनुसार उक्त औषधी कोरोनामा भाइरसको सङ्क्रमण गम्भीर बन्दै जान सक्ने जोखिममा रहेका वयश्कहरुका लागि प्रयोग गरिने छ । उता अर्को कम्पनी फाइजरले ल्याएको त्यस्तै खाने पिल स्वीकृत हुन चाहिँ अझै केही समय लाग्ने बताइएको छ ।

यी दुवै औषधीले महामारीको असरमा उल्लेखनीय सुधार ल्याउन सक्ने र आगामी दिनहरुमा खोपभन्दा महत्वपूर्ण साबित हुने समेत उनले दावी गरेका छन् । मोल्नुपिराभिर औषधी सम्बन्धी डाटा निरीक्षकहरुकहाँ पुगिसकेको हुनाले छिटै स्वीकृत हुने सम्भावना रहेको बताइएको छ ।
उता फाइजरको क्लिनिकल ट्रायल अनुसार यसको ‘प्याक्सलोभिड’ नामक औषधिले पनि संवेदनशील वयश्कहरुमा कोभिडबाट अस्पताल भर्ना हुने या मृत्यु हुने जोखिमलाई ८९ प्रतिशतले कटौति गर्न सक्छ ।

मर्कले चाहिँ पाँचवटा कम्पनीसँग सम्झौता गरिसकेको छ । मूल्यका बारेमा उनले सुरुवातमा यसको प्रति एक साइकलको उपचारका लागि २ हजार देखि ३ हजार या ४ हजार भारतीय रुपैँयासम्म लाग्न सक्ने र पछि न्यूनतम ५ सयदेखि ६ सय या १ हजार रुपैँयासम्म पुग्ने बताएका हुन् ।

मर्कको प्रति एक उपचार कोर्सका लागि अमेरिकी सरकारले चाहिँ ७१२ डलर तिर्ने बताएको छ । र यसले कम आयदर भएका मुलुकहरुमा कम मूल्यमा निर्माण गर्ने तयारी गरिरहेको छ । यस अन्तर्गत भारतमा पनि यसको निर्माण सुरु हुने बताइएको छ । साभार एनडीटिभी