काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिनु भएको हो ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश नम्बर एकमा नियुक्त हुनु भएका पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनु भएको हो ।

मन्त्रिपरिषद्को बैठकले २२ गते सोमबार तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले कात्तिक २३ गते उहाँहरु तीनै जनालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।