काठमाडौं — आज सताको चौथोदिन सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको बताएको छ ।

महासङ्घले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २ सय रुपैयाँ तोकेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३ सय र तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ थियो ।

यसैगरी, चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।