प्रतीकात्मक तस्वीर
धनगढी – कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो ।

चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरिएको डिएसपी बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुई समूहबीच झडप हुँदा घटना घटेको हो । टीकापुरस्थित कृषि हाटबजार नजिकै बडुवाललाई तीन–चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे सुदूर पश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।