बलिउड उद्योगको फिल्म ‘देवदास’ ले फिल्म क्षेत्रको सबै रेकर्ड तोडेको छ । सबैको ओठमा यो ‘देवदास’ फिल्मको गीत अझै पनि गुन्जिरहन्छ । शरत चन्द्र चट्टोपाध्यायको नावेलमा आधारित उक्त फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गर्नु भएको हो । फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, ऐश्वर्या राय मुख्य भूमिकारहेको फिल्मको सिनले मात्र होइन, गीतले पनि दर्शकको मन जित्न सफल भएको थियो । ऐश्वर्या रायको यसै फिल्मसँग जोडिएको एक कहानी छ ।

फिल्मको गीत ‘डोला रे डोला’ मा माधुरी दीक्षित र ऐश्वर्या राय एक साथ नाचिरहेको देखिन्छ । फिल्मको यो ‘डोला रे डोला’ गीत अत्यधिक महँगो रहेको थियो । यो गीतमा माधुरी र ऐश्वर्याले नृत्य प्रस्तुत ंगर्नुभएको थियो । यो ‘डोला रे डोला’ गीतको सुटिङका लागि २.५ करोड खर्च गरेका थिए । यो गीतको कोरियोग्राफ सरोज खानले गर्नुभएको थियो । यसै गीतको सुटिङको क्रममा ऐश्वर्याको कानमा लगाएको झुम्काले कान काटेको थियो । भारी झुम्काका कारण उहाँको कानबाट रगत बग्न थाल्यो । तर, ऐश्वर्या नाच्नमा यति मग्न हुनुहुन्थ्यो कि उहाँले कानको चोटलाई ध्यानै दिनुभएन ।

उहाँले उक्त फिल्मका लागि ‘बेस्ट एक्ट्रेस’ को फिल्मफेयर र आइफा अवार्ड जित्न सफल हुनुभएको थियो । अहिले पनि उहाँको यो फिल्म र गित दुवैको निकै चर्चा हुने गर्छ । एजेन्सी