प्रतीकात्मक तस्वीर
दाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लाठ्ठी र धारिलो हतियार प्रहार गरी ती युवकलाई घाइते बनाइएको बताए । गम्भीर घाइते पुनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उनको साथमा रहेका कपुरकोटका शङ्कर डाँगीसमेत गम्भीर घाइते भएका छन् ।

घटनामा सङ्लग्न रहेकाहरु सबै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।