प्रतीकात्मक तस्वीर
काठमाडौं — महानगरीय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीगाउँ बस्ने मणिराम पुरीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण–८ पुरीगाउँ बस्ने वर्ष ५२ का मणिराम पुरी सोही स्थानका वर्ष २५ का सुशिल खत्री, वर्ष २८ का चन्द्रशेखर खत्री, वर्ष ३३ का नवराज खत्री, वर्ष ५१ का राजन कार्की रहेका छन् ।
यस्तै, वर्ष ४२ का चिरञ्जिवी फुँयाल, वर्ष ३० का जनक खत्री, वर्ष ४३ का जीवन श्रेष्ठ, वर्ष ३७ का परमेश्वर थापा, वर्ष ३८ का प्रेमकुमार विक, वर्ष ४५ का सरोज भण्डारी, वर्ष ३९ का विनोद तिमिल्सिना, वडा नं. ७ बस्ने वर्ष ३५ का विकास लामा, वर्ष ३८ का रुपेश न्याजु र काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने वर्ष ५० का रामु भण्डारी पनि पक्राउ परेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

पुरीको घरमा पैसाको हारजित हुने गरी जुवा (तास) खेलिरहेको सूचना पाएपछि प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको काठमाडौंमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट दुई बुक ताससहित नगद बाह्र लाख ४३ हजार ७ सय ८० रुपैयाँ बरामद गरेको छ ।