काठमाडौं — साताको तेस्रो दिन आज छापावाल सुन अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २ सय ले वृद्धि भएर रु ९२ हजार पुगेकोे छ । सोमबार प्रतितोला रु ९१ हजार ८ सय मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५ सय रहने छ जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३ सय तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ रुपैँयाले वृद्धि भएर १ हजार २ सय ५० कायम भएको छ । —रासस