लण्डन– बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ । विश्वका नेताहरुको एक समूहले उक्त प्रस्ताव पेश गर्दै कोप–२६ बाट निर्णय गर्ने गराइने भएको छ ।

विश्वका केही नेताहरुले आज मङ्गलबार सन् २०३० सम्ममा वन फडानी रोक्ने सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने छन् । जारी कोप–२६ मा यो प्रस्तावलाई पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको छ । वन फडानी नियन्त्रणका लागि सहमति गर्नेमा तीव्र रुपमा कटान भइरहेको अमेजन रेन फरेस्ट रहेको ब्राजिल समेत हुनेछ ।

वनलाई जोगाउन सके जलवायु परिवर्तनमा देखिएको प्रभावलाई न्यूनीकरण गर्न र कार्बनडाइअक्साइड कटौतिका लागि महत्वपूर्ण भूमिका रहने छ । वन जङ्गल फँडानीले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । त्यसैले सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापनाका लागि थप वित्तीय लगानीको प्रतिबद्धता समेत गरिने छ ।

विश्वको वन क्षेत्रको ८५ प्रतिशतभन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन फडानी नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षेर गर्ने तयारी भएको छ । यस्तै २८ देशले विश्वव्यापी खाद्यन्न व्यवसायका लागि वन फडानी नगर्ने सहमति समेत गर्ने भएका छन् । खाद्यन्न उत्पादन तथा पशुका लागि चरन क्षेत्र बनाउनका लागि वन फडानी गर्ने गरिएकोले लाई नियन्त्रण गर्ने प्रयासका निम्ति विभिन्न प्रयासहरु गरिने योजना तयहुने अपेक्षा गरिएको छ ।