काठमाडौं – चालु वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ४६ करोड १४ लाख खुद नाफा गरेको बैंकले अहिले केही बढाएको वित्तीय विवरणमा देखिएको छ ।

हालसम्म एक खर्ब ६५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको बैंकले एक अर्ब ७३ करोड रूपैयाँको व्याज आम्दानी पु¥याएको छ । नोक्सान व्यवस्थापनको लागि राखिएको ५५ करोड ३१ लाख रूपैयाँ विवरणमा नदेखिँदा नाफामा कमि देखिएको हो । अहिले बैंकको ४ दशमलव ३६ प्रतिशत स्प्रेडदर रहेको छ भने खराब ऋण अनुपात २ दशमलव ०८ प्रतिशत रहेको छ ।