काठमाडौं – एनएमबि बैंक लिमिटेडले १५ दशमलव ८० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस र ३ दशमलव २ प्रतिशत नगद गरी कूल १६ दशमलव २० प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले ० दशमलव ४० प्रतिशतले लाभांश घटाउँदै १५ दशमलव ८० प्रतिशत वितरणको घोषणा गरेको हो ।