फाइल तस्विर

काठमाडौं – आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ९१ हजार २ सय रुपैयाँमा मा झरेको हो ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।