इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको छ ।

उक्त खेलमा युनाइटेडका लागि रोनाल्डो ३९ औं मिनेटमा, एडिन्सन काभानी ६४ औं मिनेटमा तथा मार्कस रासफोर्डले ८६ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन् ।

गएको हप्ता लिरभपुलसँग ५–० ले पराजित भएको युनाइटेड पुनः आफ्नो खेलको लयमा फर्किएको हो । यो जितसँग युनाइटेड १० खेलबाट १७ अङ्क सहित पाँचौं स्थानमा उक्लिएको छ ।

शनिबार राति भएका अरु खेलमा आर्सनलले लेस्टर सिटीलाई २–०, बर्नलीले ब्रेन्टफोर्डलाई ३–१, क्रिष्टल प्यालेसले म्यानेचस्टर सिटीलाई २–०, चेल्सीले न्यूक्यासललाई ३–० तथा साउथह्याम्पटनले वाट्फोर्डलाई १–० ले पराजित गरेका छन् । लिभरपुलले ब्राइटनसँग २–२ को बराबरी खेलेको छ ।