काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले गिरावट आएको छ । हिजो बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार ४ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

यस्तैगरी, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले नै घट्दै ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने हिजोको तुलनामा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।