सामाजिक सञ्जालमा चर्चित नाम फेसबुक अब परिमार्जन भएर मेटा हुने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन् । गत शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब सामाजिक सञ्जालमा फेसबुक नभई मेटा रहने घोषणा गरेका हुन् ।

लामो समयदेखि फेसबुकको नाम परिवर्तन हुने चर्चा चलेको थियो । सोहीअनुसार अब फेसबुकको नाम परिवर्तन हुनेछ । जसअनुसार अब फेसबुक नभई नयाँ नाम मेटाको रुपमा सञ्चालनमा आउने छ । जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा छैनन् । उनी मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागिपरेका थिए । भर्चुअल माध्यमको मेटाभर्समा फरक–फरक विशेषताहरु छन् । जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताएका छन् ।

मार्क जुकरबर्गले भनेका छन्, ‘हामी एक कम्पनी हौं, जसले एक आपसमा जेडिने प्रविधि निर्माण गर्दछ । सँगै, हामी अन्ततः मानिसहरूलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्छौं ।’