काठमाडौं– बागमती प्रदेशमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नव नियुक्त मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री पदको शपथ लिएको हो ।

गतभ दौ २ गते मुख्यमन्त्रीको रुपमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर शाक्य प्रदेशसभामा अल्पमत परेपछि हिजो बुधबार प्रदेशसभालाई सम्बोधन गरेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी दुई वा दुईभन्दा बढी दलहरुले बहुमत पुर्याएर आज बिहीबार दिउँसो तीन बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न समयसीमा तोक्नु भएको थियो । गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादी बागमती प्रदेशसभाका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्री पदका लागि ५९ जनाको बहुमत रहेको दाबी सहितको प्रमाण प्रदेश प्रमुख शर्मा समक्ष पेश गरेपनि नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

पाण्डेले बिहीबार नै सानो मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री पाण्डेको मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तानलाई सामाजिक विकास, नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाललाई आर्थिक मामिला तथा योजना नेपाली काङग्रेसबाट मन्त्री बन्नुभएका कृष्णलाल भँडेल भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री खनाल यस अघि अष्टलक्ष्मी शाक्यको मन्त्रिपरिषद्मा सामाजिक विकासमन्त्री हुनुभएको थियो । पार्टी विभाजन पछि उहाँ नेकपा एकीकृत समाजवादीमा लाग्नु भएको हो ।