काठमाडौं – साताको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९ सय रहेको छ । त्यस्तै गरी चाँदी प्रतितोला रु एक हजार २ सय ५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर रहेको पाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा नेपालमा सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।