वीराटनगर – मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले बिल नभएको ९४ तोला चाँदी बरामद गरेको छ ।बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।