काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा ६ सय रुपैयाँले गिरावट आएको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।