आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २–० गोलको अन्तरले हराउँदै आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्म उक्त खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको थियो । घरेलु मैदानमा भएको खेलको दोस्रो हाफको ५५ औँ मिनेटमा आर्सनलका लागि कालम च्याम्बर र ६९ औँ मिनेटमा एडी एनकेतिहले गोल गर्दा आर्सनलले क्वाटरफाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।

यसैगरी मंगलबार राति नै भएका अर्को खेलमा साउथ ह्याम्पटनसँग निर्धारित समयको खेलमा १–१ को बराबरी हुँदा टाइब्रेकरमा पुगेको खेलमा चेल्सीले टाइब्रेकरमा ४–३ को जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । चेल्सीले पनि प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल बनेको छ । चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पे टाइब्रेकरनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी ४–३ गोलले विजयी बन्यो ।

काइ हाभर्टजले पहिलो हाफको अन्त्यतिर चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले बराबरी गोल फर्काएका थिए । त्यसपछि भने दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका लागि थियो वाल्कोट र विल स्मलबोन गोल गर्नबाट चुकेपछि रिस जेम्सले निर्णायक गोल गर्दै चेल्सीलाई जीत दिलाए । क्वार्टरफाइनलको ड्र शनिबार हुनेछ ।
यस्तै अर्को खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा क्यूपिआरलाई ३–१ ले पराजित गर्दै सन्डरल्याण्डले क्वाटरफाइनलमा स्थान बनाएको छ ।