आइसिसी टि–२० विश्वकप २०२१ मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा गए राति भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि ५ विकेटको जित निकालेको हो । न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए । त्यस्तै, फखर जमान, ईमाद वासिम र मोहम्मद हफिजले समान ११–११रन जोडे भने कप्तान बाबर आजम ९ रनमै समेटिए ।

आसिफ अलीले अविजित २७ रन र शोएब मलिकले अविजित २६ रन बनाए । न्युजिल्याण्डका लागि ईस सोधीले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, टिम साउथी र मिचेल सान्टनरको नाममा एकएक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेभन कन्वे र ड्र्याल मिचेलले सर्वाधिक २७र२७ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सन २५ रन, मार्टिन गुप्टिल १७ रन तथा ग्लेन फिलिप्सले १३ रन जोडे ।

पाकिस्तानका लागि हरिष राउफले सर्वाधिक ४ विकेट लिए । शाहिन अफ्रिदी इमाद वासिम र मोहम्मद हाफिजको नाममा समान एक–एक विकेट रह्यो । योसँगै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्यान्ड भने पहिलो खेलमा नै स्तब्ध बनेको छ ।