पत्रपत्रिकाबाट

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग जोडिएर आएको न्यायालयसम्बन्धी विवाद एक÷दुई दिनभित्रै टुंगिने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् ।

दाहालले भने, “हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल ग¥यौं । अब पाँचै दल बसेर एकरदुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।“ महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “महाअभियोगको चर्चा नै भएको छैन ।“

गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । “न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ,“ दाहालले भने ।मंगलबार परिवारसहित चितवन दाहाल १२ गतेसम्म चितवन रहने कार्यक्रम छ । (कान्तिपुर दैनिकबाट)