काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार ४ सय र सोमबार ३ सय ले बढेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको प्रतितोला मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ रहेको थियो ।

आज सुनको मूल्य वृद्धि भएता पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घको अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको बताएको छ ।